काठमाडौं, चैत १९ । प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नबोल्ने हुनुभएको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्दैछ ।
निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा ६ वटा राष्ट्रिय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने प्रचलन रहेकोमा प्रचण्डले तोडन लाग्नुभएको छ । नयाँ दलको दुईतिहाई नजिक सिटसहित बिजय बनेको सदनको पहिलो बैठकलाई प्रचण्डले आफले संबोधान नगरी दोस्रो तहका नेतालाई सम्बोधन गर्न लगाउने हुनुभएको हो ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभापति रवि लामिछानेले सम्बोधन गर्नुहुनेछ भने नेपाली काँग्रेसबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे, नेकपा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने तय भएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राप्रपाबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यसूची छ । यस्तै पहिलो पटक संसदमा प्रतिनिधित्व गरेको श्रम संस्कृति पार्टीबाट अध्यक्ष तथा ससदीय दलका नेता हर्क सम्पाङ उर्फ हर्कराज राईले सम्बोधन गर्नुहुनेछ । संसद सचिवालयले स्वतन्त्र सांसद डा. महावीर पुनका लागि पनि समय छुट्याएको छ ।
सचिवालयकाअनुसार बैठकमा सम्बोधन गर्ने नेताहरूलाई दलीय आधारमा बोल्ने समय निर्धारण गरिएको छ । रास्वपालाई २५ मिनेट, काँग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट तथा नेकपा, श्रमसंस्कृति र राप्रपालाई ७–७ मिनेट तथा स्वतन्त्र सांसद पुनलाई ५ मिनेटको समय दिइने छ ।
बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने र सभामुख चयनको निर्वाचन कार्यतालिका प्रस्तुत, शोक प्रस्ताव परितलगायतका कार्यसूचि तय गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्