काठमाडौं, चैत १९ । नेकपा एमालेले अध्यक्ष तथा तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तात्कालिन गृहमन्त्री रमेश लेखकको पक्राउको बिषयमा कडा आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुन साथ एमाले सांसद गुरु बरालले यस बिषयमा संसद बैठकमा बिषय उठान गर्नुभएको हो । बरालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण ढंगबाट गैरकानीनूनी रुपमा पक्राउ गरिएको भन्दै अबिलम्ब रिहा हुनुपर्ने बताउनु भयो ।
बरालले ओलीको रिहाई नभए एमाले कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्