काठमाडौं, चैत २२ । प्रतिनिधिसभाका नयाँ सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज दिउँसो साढे २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
शपथ ग्रहण समारोह शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्पन्न हुनेछ। त्यसपछि सभामुख अर्याल कार्यकक्ष पुगेर पदभार ग्रहण गरी आफ्नो जिम्मेवारीमा प्रवेश गर्नुहुनेछ।
गत शुक्रबार सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी दर्ता भएको थियो। यसैअनुसार प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्यालको निर्विरोध निर्वाचित भएकाे औपचारिक रूपमा घोषणा गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्