जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार १५:२०

नवनिर्वाचित सभामुख अर्यालद्वारा सपथ ग्रहण


काठमाडौं, चैत्र २२ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा आयोजित एक विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कायममुकाय प्रधानन्यायाधीश सपन प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू लगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल यसअघि बसेको प्रतिनिधि सभा बैठकबाट सो पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।