जनता टाइम्स

२४ चैत्र २०८२, मंगलवार ०७:२१

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा


काठमाडौं,  चैत्र २४ ।  प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सोमबार (चैत २३) बेलुका रूपन्देहीको रोहिणी गाउँपालिका–४ मा गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।