जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०९:३३

२०७७ को अन्त्यसम्म नेकपाको एकता महाधिवेशन : यस्तो छ आगामी कार्यक्रमको रुपरेखा


काठमाडौं, मंसिर ३० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले २०७७ सालको अन्त्यसम्ममा एकता महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ । आइतवारबाट सुरु भएको स्थायी समिति बैठकमा अध्यक्षद्वयको तर्फबाट पेश गरिएको राजनीतिक प्रतिवेदनमा सो प्रस्ताव गरिएको हो ।

गत बर्षको जेठ ३ गते पार्टी एकता गर्दा दुई बर्षभित्रै एकता महाधिवेशन गर्ने घोषणाअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले २०७७ सालको अन्त्यसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो । ‘२०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पाटी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने,’ प्रतिवेदनको पार्टीका आगामी कार्यक्रमका रुपरेखा शीर्षकको आठौं बुँदामा भनिएको छ ।

पार्टीका आगामि कार्यक्रमका रुपरेखा

१. आगामि माघको पहिलो हप्ताभित्र केन्द्रीय समितिको बैठक आयोजना गर्ने ।

२. केन्द्रीय समितिको बैठकबाट ३ महिने ठोस कार्यक्रम निधारण गरी सातै प्रदेश एवम् विशेष प्रदेशहरूमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने ।

३. सबै प्रदेश, विभाग, जवस र मोर्चाहरूलाई आआफ्नो कार्यक्षेत्र भित्र ३ महिने कार्यक्रम बनाई संगठन विस्तार र सुदृढ गर्ने तथा जनसम्बन्ध विस्तार र सदृढ गर्न ठोस कार्ययोजना बनाई कार्यन्वयन गर्ने।

४. प्रदेशका तर्फबाट सबै जिल्लाहरूका भेला, प्रशिक्षण र बैठकहरूको आयोजना गर्ने तथा व्यापक जनपचिालनमा जोड दिने। सोही अनुसार प्रदेश र जिल्लाका तर्फबाट सबै स्थानीय कमिटिसम्म त्यसप्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने ।

५. फागुन र चैत्र महिनामा सात वटै प्रदेशमा वृहद् जनसभाको आयोजना गर्ने तथा ती सभाहरूमा प्रदेश र केन्द्रीय नेतृत्व समेतबाट सम्बोधनका कार्यक्रम राख्ने ।

६. केन्द्रीय समितिको बैठकको लगत्तै संगठन विभागका तर्फबाट पार्टी सदस्यहरूको अभिलेख संकलन, सदस्यता नविकरण लेबी कोटा उठाउने देखि अन्य संगठनात्मक कामहरूलाई व्यवस्थित पार्ने।

७. पहिलो ३ महिने कार्ययोजना पुरा गरी अर्को कार्ययोजना अवधिलाई जिल्ला पार्टी अधिवेशन तयारी अवधिका रुपमा अगाडि बढाउने ।

८. २०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पाटी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने ।

९. सबै स्तरका पार्टी कमिटिहरूले स्थानीय प्रादेशीक र केन्द्रीय सरकारको कामलाई प्रभावकारी बनाउन आआफ्नो स्तरमा ठोस कार्ययोजना तयार पारी कार्यान्वय गर्ने ।

१०. सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जनसेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने कुरामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न हाम्रो पार्टीले ठोस पहल लिनु पर्दछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना ठूला परियोजनाका सञ्जाल निर्माण गर्नु पर्दछ । स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने कुरामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।