काठमाडौं, जेठ १० । विप क्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरू नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो ।
संसदमा प्रधानमन्त्रीले आएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । र्यपालिकालाई संसदप्रति जवाफदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको उहाँको भनाइ छ ।सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चार वटा दलका प्रमुख सचेचक र सचेकतहरू सहभागी थिए ।
प्रतिनिधिसभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । नियमावलीअनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् ।विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दासमेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नुभएको छैन । प्रतिनिधिसभाको अर्को बैठक पर्सि मङ्गलवार बस्दैछ ।













प्रतिक्रिया दिनुहोस्