जनता टाइम्स

१ कार्तिक २०८३, आइतबार २०:३१

करिब दुई महिनापछि खुल्यो तातोपानी नाका, पहिलो दिन ६ कन्टेनर आवतजावत


काठमाडौं, कात्तिक १ । करिब दुई महिनादेखि बन्द रहेको तातोपानी भन्सार नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ १४ गतेदेखि बन्द रहेको नाका कात्तिक १ गतेदेखि खुलेसँगै पहिलो दिन ६ वटा कन्टेनर आवतजावत गरेका छन् ।

तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र जैसीका अनुसार चीनबाट तीनवटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् भने नेपालबाट तीनवटा खाली कन्टेनर चीनतर्फ गएका छन् ।

चीनबाट आएका कन्टेनरमा मिश्रित सामान रहेको जैसीले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयका अनुसार चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको अनौपचारिक जानकारी प्राप्त भएको छ ।