जनता टाइम्स

१ कार्तिक २०८३, आइतबार १६:३७

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने


काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिनुभएकाे हाे । 

नेपाली कांग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो । पार्टीका संस्थापक नेता बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि यस कार्यक्रमको सुरुवात गरेका थिए ।

कांग्रेसले त्यसयता निरन्तरजस्तै आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष भने देशको शोकपूर्ण अवस्थालाई ध्यानमा राख्दै स्थगित गरेको हो ।