जनता टाइम्स

१ कार्तिक २०८३, आइतबार २०:२५

मुटुसम्बन्धी समस्या देखिएपछि झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष ओली अस्पतालमा 


काठमाडौं, कात्तिक १। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि ह्याम्स अस्पतालमा भर्ना हुनुभएको छ।

खनाल अस्पतालमा भर्ना हुनुभएपछि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै काठमाडौंस्थित ह्याम्स अस्पताल पुग्नुभएको छ। अस्पताल पुगेर अध्यक्ष ओलीले उपचाररत पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो।

मुटुसम्बन्धी समस्या देखिएपछि खनाललाई आज अस्पताल भर्ना गरिएको थियो।