जनता टाइम्स

१२ जेष्ठ २०८३, मंगलवार १४:१५

प्रधानमन्त्री बालेनले गरे ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग सामूहिक भेट


काठमाडौं, जेठ १२ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री बालेनले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्नुभएको हो । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको छ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो ।