जनता टाइम्स

२७ जेष्ठ २०८३, बुधबार ११:२०

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति


काठमाडौं,  जेठ २७ । काठमाडौंको टोखा नगरपालिका–५, बसुन्धारा स्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा बुधबार बिहान भीषण आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार बिहान अन्दाजी २ः५२ बजे विद्युत सर्ट भई सुरु भएको आगलागी ११ वटा दमकल, एक पानी ट्यांकर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायहरूको संयुक्त प्रयासमा बिहान ५ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।

आगलागीबाट सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज पूर्ण रूपमा नष्ट भएको छ। साथै अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत उल्लेखनीय क्षति पुगेको छ।

त्यस्तै, लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ८ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

आगलागीको कारण, क्षतिको यथार्थ विवरण तथा अन्य पक्षबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।