काठमाडौं, जेठ ३० । सेलिब्रेटी सेफ सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ । साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार राती पक्राउ गरेको हो।
सो कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार साहलाई धनुषाको जनकपुर उपमहानगरपालिका ८ रामानन्द चोकबाट पक्राउ गरिएको थियो। सन्तोष जिल्ला सिराहाको कर्जन्हा नगरपालिका ११ का हुन। साहसँगै कर्जन्हा ९ का नारायण साह सुडीलाई पनि पक्राउ गरिएको छ।
एसएसपी खड्काका अनुसार सकुन्तला थापा नाम गरेकी महिलाले ठगी सम्बन्धमा जाहेरी दिएको र सोही आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साहसहित दुई जनालाई पक्राउ गरिएको हो।













प्रतिक्रिया दिनुहोस्