जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार ०७:४८

पहिलो खेलमै बराबरीमा रोकियो ५ पटकको बिश्वबिजेता ब्राजिल


काठमाडौं, जेठ ३१ । फिफा विश्वकप २०२६ मा ब्राजिलले पहिलो खेल बराबरी खेलेको छ। आइतबार बिहान न्यू जर्सी स्टेडियममा भएको समूह ‘सी’को पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग १-१ को बराबरी खेलेको हो।

खेलको २१ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई सुरूवाती अग्रता दिलाएका थिए। ३२ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले बराबरी गोल फर्काउँदा पहिलो हाफमा १-१ को बराबरी भएको थियो।

दोस्रो हाफमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको थियो। मोरक्कोसँग बरावरीमा रोकिएको ब्राजिल पाँच पटकसम्मको विश्वकप विजेत हो।

गएराति नै भएको खेलमा कतार र स्वीटजरल्याण्डले पनि १-१ को बराबरी खेले। सान फ्रान्सिस्कोमा भएको खेलको १७ मिनेटमा स्वीटजरल्याण्डले पेनाल्टीमार्फत गोल गरेको थियो। इन्ज्युरी समयमा स्वीटजरल्याण्डकै मिरो मुहेमले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो।