जनता टाइम्स

५ पुष २०७६, शनिबार १७:१८

यी हुन पाँच सवुत, जस्ले महरालाई पुर्यायो जेल


काठमाडौं, पुस ४ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल पठाउनुमा अदालतले चार वटा प्रमाणलाई आधार मानेको पाइएको छ । आफू निर्दाेष रहेको महराको बयान र पीडित रोशनी शाही आफै अदालतमा उपस्थित भएर महराको पक्षमा बयान दिए पनि अदालतले घटनास्थलमा प्राप्त चार वटा प्रमाणलाई आधार मानेर महरालाई दोषी ठहर गरेको पाइएको हो ।

सोही आधारमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि कारागार चलान गर्न आदेश दिएको र थुनामुक्तिको मागलाई उच्च अदालत पाटनले अस्विकार गरेको हो । संसद सचिवालयकी कर्मचारी शाहीमाथि बलात्कार उद्योगमा मुद्दा चलाइएका महराले आफुलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश ‘बेरित’ को रहेको दाबीसहित महराले उच्च अदालतमा निवेदन दिनुभएको थियो । उक्त निवेदनमा सरकारी र प्रतिबादीका वकीलको सुनुवाईपछि मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँबरको संयुक्त इजलासले जिल्लाकै आदेश सदर हुने निर्णय दिएको हो ।

महराले आफूविरुद्ध झुट्ठा मुद्दा लगाइएको दाबीसहित राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको जिकिर गर्नुभएको थियो । अभियोगपत्रसँग पेश भएको दशी प्रमाण, मिशिल संलग्न कागजात, घटना प्रकृति मुचुल्का, पीडितको मेडिकल रिपोर्ट, सुरक्षाकर्मीको वकपत्र तथा किटानी जाहेरीका आधारमा थुनामुक्त गर्न नमिल्ने निक्र्योलमा उच्च अदालत पुगेको छ । फौजदारी कसुर अन्तर्गत जबर्जस्ती करणीको गम्भिर आरोपमा रिटमार्फत थुनामुक्तीको मार्ग भने अफ्ठ्यारो छ ।

अनुसन्धान अधिकारी र शुरु अदालतमा बयान गर्दा पीडितको इलाकामा गएको तर फोन सम्पर्क नभएपछि कोठाबाट फर्किएको जिकिर गरे पनि मिशिल संलग्न तथ्य प्रमाणबाट अबस्था फरक देखिएको निश्कर्षमा उच्च अदालत पुगेको छ । महराले पीडितको कोठामा नपुगेको भन्दै आरोप इन्कार गरे पनि उनको साथमा गएका सुरक्षाकर्मी काजिराम रानामगरसहितका सुरक्षाकर्मीले घरको गेटभित्र पसी डेढ घण्टापछि फर्केको कागज गरेको, वारदात पश्चात पीडितले ‘रुँदै आत्तिँदै’ महराले आफुलाई कुटपिट गरी जबर्जस्ती करणी गर्न खोजेको भन्दै प्रहरी कन्ट्रोलको १०० नम्वरमा फोन गरेको र यसबारेमा महानगरिए वृत्त नयाँ बानेश्वरलाई जानकारी गराएको भन्दै ड्युटी अफिसर प्रहरी सहायक निरिक्षक वीरबहादुर बोहोराले कागज कागज गरेको, पीडितको कोठामा रक्सीको बोतल, गिलास तथा बदाम भएको प्लेट रहेको तथा चश्माको फ्रेम र जुत्ताको तलुवासमेत भेटिएको भन्ने व्यहोराको घटनास्थल प्रकृति मुचुल्काको उल्लेख गर्दै थुनामा राख्ने आधार लिएको छ ।

घटनापछि महरा र निजका छोरासमेतसँग मोवाइलमा भएको एसएमएस संवाद एवं पीडितको शरिरका विभिन्न भागमा घाउ, चोट, नीलडामसमेत देखिएको भन्ने पीडितको स्वाश्थ्य परीक्षण प्रतिवेदनलाईसमेत अदालतले थुनामा राख्ने आधार र कारण देखाएको छ । घटना घटेको असोज १२ गतेकै राती शाहीले महरापुत्रलाई बाबुले रेफ गरेको र घरभेटीले देखेको भन्दै राती भाइवरमा म्यासेजव पठाएकी थिइन ।

यी कारणसहित जिल्लाको थुना आदेशलाई उच्चले सदर गरेपछि महरा जेलमै रहनु पर्ने देखिएको हो । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै महराले जिल्ला अदालतमा इन्कारी बयान दिनुभएको थियो । तर अदालतले यिनै प्रमाणका आधारमा कारागार पठाएको हो ।