जनता टाइम्स

६ पुष २०७६, आईतवार १९:४८

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेको खुलासा : लेखापरीक्षकहरुकै कारण भ्रष्टाचार र ठगी बढ्यो


काठमाडौं, पुस ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लेखापरीक्षकहरुकै कारण भ्रष्टाचार बढ्दै गएको खुलासा गर्नुभएको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनमा प्रमुख आयुक्त घिमिरेले तथ्यसहित सो खुलासा गर्नुभएको हो ।

काठमाडौंमा आयोजित सम्मेलनलाई आज सम्बोधन गर्दै घिमिरेले लेखापरीक्षकहरुले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको आफ्नो निश्कर्ष सुनाउनु भयो । घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरुदेखि नै लोखापरीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको तथ्य पनि खुलासा गर्नुभयो । ‘लेखापरीक्षकले सही काम गरेको अवस्थामा भ्रष्टाचार नियन्त्रण हुने आफ्नो अनुभव पनि उहाँले सुनाउनु भएको थियो ।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताउनु भयो । निजी क्षेत्रबाट ठगी हुने र सरकारी निकायहरुबाट भ्रष्टाचार हुने गरेको उहाँको भनाई छ ।