जनता टाइम्स

८ पुष २०७६, मंगलवार १३:३५

फेरि बढ्यो सुन चाँदीको मुल्य, यस्तो छ प्रतितोला मुल्य


काठमाडौं, पुस ८ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबारो भएको थियो। यस्तै, चाँदी तोलामा ८ सय ७५ मा कारोबार भइरहेको छ। सोमबार बजारमा चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।