काठमाडौं, कात्तिक ९ । गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आउन थालेका छन्। वेबसाइट निर्माणमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी देखिएपछि सरकारी तथा सार्वजनिक निकायका अनलाइन सेवा बन्द गरिएका थिए।
नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतका निकायका वेबसाइट चार दिनसम्म बन्द भएका थिए।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच जडान र परीक्षणपछि धेरै वेबसाइट तथा सेवा सामान्य अवस्थामा फर्किएका छन्। बाँकी सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको केन्द्रले जनाएको छ।
पीएचपी वेबसाइट तथा वेब एप्लिकेसन निर्माणमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसको सुरक्षा कमजोरी सुधार गर्नुपर्ने भएपछि सरकारी वेबसाइट तथा अनलाइन सेवा बन्द गरिएका थिए।














प्रतिक्रिया दिनुहोस्