जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार १९:३६

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने


काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सुरु भएको बैठक आज सम्पन्न भएको हो।

बैठकले गरेका निर्णयहरू भने मंसिर १२ गते शनिबार अपराह्न २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नेपाली कांग्रेसले जनाएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आजको बैठकमा पार्टी उपसभापतिद्वय पुष्पा भुसाल र डा. चन्द्रकान्त भण्डारी, महामन्त्रीत्रय प्रदीप पौडेल, डा. डिला संग्रौला पन्त र उदयशम्शेर राणासहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो।

बैठकमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्रीहरू तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकमा सहभागी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टीका विभिन्न विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ।

 बैठकका निर्णयहरू शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिइएको छ।  नेपाली कांग्रेसले मंसिर १२ गते शनिबार अपराह्न २ बजे पत्रकार सम्मेलन आयोजना गरी बैठकका निर्णयहरू सार्वजनिक गर्ने जनाएको छ।