काठमाडौँ, मङ्सिर १२ । नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने क्रममा जडान गरिएका केबलमा आवश्यक प्राविधिक काम गर्न विद्युत् कटौती गर्न लागिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार मङ्सिर १२ देखि १५ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
आज शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग र नापी विभाग क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
त्यस्तै, मङ्सिर १३ गते आइतबार शङ्खमूल मार्ग, १४ गते सोमबार बुद्धनगर तथा बिजुली बजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
मङ्सिर १५ गते मंगलबार वडा नम्बर ३१ कार्यालय क्षेत्र र तीनकुने तरकारी बजार क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
भूमिगत गरिएका केबलमा स्ट्रक्चर फिटिङ, एचटी/एलटी केबल जडान, केबल कनेक्सन, बसबार व्यवस्थापन तथा केबल चार्जिङलगायतका कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।













प्रतिक्रिया दिनुहोस्