काठमाडौँ, मङ्सिर १२ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ ।
मङ्सिर ८ गतेदेखि सुरु भएर शुक्रबार सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ । सम्मेलनमा समाचार सङ्कलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको थियो ।













प्रतिक्रिया दिनुहोस्