जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार ११:५१

भ्रष्टचार हुन्जेल हाँसेर बसे, ओली सरकारले कारवाही थालेपछि विरोधमा उत्रिए – सांसद बिडारी


भ्रष्टचार व्याप्त गराए, बडा खुशी माने, भ्रष्टचार व्याप्त हुँदासम्म । जटिल बनाएर राखे भ्रष्टचारलाई, यस्तो जटिल बनाए कसैले पनि त्यहा गएर एक्सन गर्नै नसक्ने, तोड्नै नसक्ने । यस्तो बनाउदा खुशीले गद्गद् हासे । विगतदेखी यस्तै यस्तै भईरह्यो । वर्तमान केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारले त्यो जमेर, संगठित भएर, त्यो भित्र भित्रै व्यापक फैलिएर बसेको, त्यो अपराधिगत कार्य भ्रष्टचार फोड्दै तोड्दै आक्रमक रुपमा प्रहार गर्दै आयो । यसमा त सबै खुशी हुनुपर्ने नि वाह वाह गजब गर्यो भन्नुपर्ने हो नि !

तर, नेपालको प्रगति नै रोक्ने बदमासहरुको हतियार भ्रष्टचार तितरबितर गराएको विरोधमा । त्यो सहि नसक्नु भएको विरोधमा । भ्रष्टचार विरोधी कामकारवाहीमा किन विरोध भईरहन्छ जनमानसका केही केही ठाँउमा । हेर्नुहोस् उदाहरण छन्, सुन तस्करी गरे, सुन चोरेर ल्याए, मस्तसँग चोरे । चोर्नेको कुरा एउटा विचरोले देख्यो । त्यसलाई पनि ठ्याम गोली हानेर मारे । अनि त्यो मुद्दा नै मारेर क्या गजबसँग गद्गद् हासे । यही सरकारले त्यो सुन तस्करहरुलाई खोज्यो, समात्यो, पक्रियो । विदेशमा गएका समेतलाई ल्यायो । झ्यालखानमा हाल्यो । खै ठुलो माछा भनेर उफ्रिन्छ फेरी । त्यसलाई कत्रो ठुलो माछा चाहिएको रहेछ । त्यो पनि बुझ्न सकिएन ।

न्यायाधीशहरुलाई जब कारवाही गर्न थालियो । न्यायाधीशहरु राजिनामा गरेर भागाभाग गर्न थाले । कयौंलाई त कारवाही गरे । यति कुरा त देखिएको छ नि । प्रधानमन्त्री, मन्त्री, सचिवहरु, बढेबढे धनयाढ्हरु उद्योगीहरु, अपराधि कर्मचारीहरुलाई सजाय गर्न भ्रष्टचारको मुद्दा ल्याइयो । त्यसका लागि त सरकार, आयोग सबैलाई धन्यवाद छ यो सरकारले गजब गर्यो अब केही हुन्छ पो भन्नुपर्ने होइन र ।

एकथरी मान्छे सधै विरोध गर्दैछन् । उनिहरु नै खै कारवाही भन्छ कारवाही नगरे । कारवाही नगरे फलानोलाई किन नगरेको ? मेरो मान्छेलाई किन गरेको ? त्यो अर्कोलाई किन नगरेको ? भन्छ फेरी । कारवाही गर्ने कुरामा केही सिद्धान्त छ । फौजदारी न्यायको सिद्धान्त छ । फौजदारी अपराधको सिद्धान्त छ । मेनसिरिया र एक्टीसिरिया भनेर कानुनी भाषामा छ । मनसायपूर्ण रुपमा गरेको कामलाई अपराध भनिन्छ । मनसाय पनि राख्यो कामपनि फत्ते गर्यो भने अपराध हुन्छ । मनसाय बेगर गरेको काम अपराध हुदैन ।

कारवाही गर्दा मेरो मान्छे पर्यो भनेर ग्वाहा ग्वाहा रुने । कारवाही नगरे किन कारवाही नगरेको हत्तेरी र्बबाद भो भन्ने । यो प्रकारको चिज नेपालले कति समय खेप्ने । मान्छेले जग्गा किन्छ, कति तहपछि किन्छ । एकतह, दुईतह, तीनतह, चारतह, पछि जग्गा किन्नेलाई के थाहा हुन्छ । यतिकुरा त हामीलाई थाहा छ नि । अब अदालतमा मुद्दा जान्छ । अदालतमा स्वतन्त्र, सक्षम र प्रभावकारी भनेर भनिएको अदालतले अब एक एक केस्रा केस्रा केलाएर सजाय गर्ने वा सफाई पाउने हुन्छ । सबै नेपाली स्वच्छ छन् भनेर सोच्नुपर्छ, प्रमाणले बेइमान छ भनेर देख्यो भने मात्र बेइमान भन्नुपर्छ ।

अब बहुमत आयो भनेर रोएर के गर्नु । बहुमत जनताले दिए । व्यवस्था हामीले के बनायौं भने जसको बहुमत हुन्छ त्यसको सरकार । बहुमतले काम गर्छ । गर्ने त बहुमतले हो नी । कि भन्नुपर्यो अबदेखी अल्पमतले व्यवस्था चलाऔं भनेर । कि सत्ता कब्जा गर्ने ! विपक्षीले सत्ता चलाउने, सत्ता पक्ष विपक्षमा बस्ने । कि यस्तो संविधान अब बनाउने भन्नुपर्यो ।

निजी निर्णय गरेका मान्छेलाई मुद्दा लाग्यो । नितीगत निर्णय गरेकालाई लागेन । एक्लैले सहि गरेपछि मुद्दा लाग्छ । यो सरकारले सम्पत्ति सार्वजनिक गरायो । नेपालको गरायो, जनताको गरायो । त्यसैले सरकारलाई, आयोगलाई, पुलिसलाई धन्यवाद छ । फेरी यस्तै काम अगाडी बढोस् । भ्रष्टचार निर्मुल गरोस् ।

(राष्ट्रिय सभाको बैठकमा सांसद रामनारायण विडारीले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)