जब अमेरिकाले कोभिड–१९ महामारीसँग लडने नेतृत्व दिन सकेको छैन, अब लाग्छ अमेरिका सायद “चेर्नोविल क्षण” मा पुगिरहेको छ । रुसको सन् १९८६ को आणविक घटना पश्चातको अवस्थामा महाशक्तिको रुपमा कायम रहेको अमेरिका अहिले विश्वलाई नियन्त्रण गर्ने शक्तिबाट विफल भैरहेको छ । माहाविपत्तिको परिणाम जे सुकै भए पनि आज कोही पनि यो महामारीको समाधानका लागि वासिङटनतर्फ हेरिरहेका छैनन ।
‘जी सेभेन’को पछिल्लो बैठकमा अमेरिकाको प्रभाव घटेको अवस्था थियो । भर्चुअल बैठकमा अमेरिकाको कुटनीतिक प्रयास चाहिँ “वुहान भाइरस हो” भनेर सहमति गराउनेमा ब्यतित भयो, जुन अमेरिकाले चीनलाई दोष दिने एउटा रणनीतिको अंश मात्र थियो । यो फगत आफ्नो असमर्थतालाई ढाकछोप गर्न र अरु कसैलाई दोष देखाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक चतुर्याई भएको कुरा प्रष्ट थियो । आर्कान्ससका रिपब्लिकन सिनेटर टम कटनले पनि राष्ट्रपति ट्रम्प कै भनाई उठाए “ चाइनाले नै संसारमा यो महामारी फैलायो र उसैलाई यसको जवाफदेही बनाइनु पर्दछ ।”
हुनत अमेरिकाको असफलताको सन्दर्भ राष्ट्रपति ट्रम्पको विषाक्त राजनीतिक सैली भन्दा पर जान्छ । अमेरिकाको प्रभुत्व दोश्रो विश्व युद्ध पछाडि आफ्नो सैनिक बलको धम्कीले आफूले भनेको कुरालाई जबरजस्ती सहमतिमा ल्याउने उसको राजनीतिक परम्पराबाट आएको हो । कोभिड–१९ महामारीलाई जवाफी कारबाही गर्न वासिङ्टनले नसक्ने क्षमता छताछुल्ल भएपछि अमेरिकाको क्षमता क्षीण हुँदै गइरहेको कुरा छर्लङ्गै भएको छ । त्यस कारण सोचमा परिवर्तन जरुरी छ ।
एकपटकको महाशक्ति बेलायत सन् १९५६ मा स्वेज नहर विपद्मा फसेर हार्यो, अर्को महाशक्ति सोभियत रुस १९८० को दशकमा अफगान युद्धमा फसेर हार्यो र यो कोरोना भाइरसको महामारी पनि अमेरिकालाई स्वेज नहर, अफगान युद्ध जत्तिकै पर्नेछ । तर कोभिड १९ माहामारी चैं स्वेज नहर र अफगान युद्ध भन्दा झनै ठूलो समस्या हो । किन कि यो त सीमित भूगोलमा मात्र नभएर संसारभर फैलदै छ । र, यसको नियन्त्रणमा ट्रम्प प्रशासनको बल नपुग्नु भनेको विश्वमा अमेरिकाको स्थान असाधारण तरिकाले ध्वंश हुनु हो ।
अमेरिकाको अधोगति उसको प्रतिस्पर्धी चीनको उन्नतीमा भरपर्छ । अहिले चीनले कम्तिमा पनि आफ्नो शहरमा ब्याप्त महामारीलाई नियन्त्रमा त लिन सकेको छ, त्यसैले चीनको उन्नतीको ढोका खोलेको छ । कोरोनाको कहरबीचमा चीन नै एउटा त्यस्तो देश भयो, जसले इटलीमा भेन्टिलेटरहरु र अफ्रिकामा मेडिकल टिम पठाउन सक्यो । यो त्राषदीपूर्ण घडीमा इटलीले बुझेको छ की इयूलेसमेत इटलीको हतास अवस्थालाई वास्ता गरेन, जहाँ चीनले यो कुरा आत्मसात गर्न सकेको छ ।
चीनले बेल्जियमका लागि ३ लाख फेस मास्कहरु पठाएको थियो । जुन बाकसहरुमा फेस मास्कहरु राखिएको थियो, त्यो सामाग्रीको बाहिर चीनले तीन वटा भाषामा (फ्रेन्च, फ्लेमिस र चाइनिज) लेखेको थियो “एकता नै बल हो ।” चीनले गरेको यो सरल सहयोगको प्रभाव यो महामारीको अन्त पश्चात त सीमित होला तर यो माहामारी यदी धेरै समयसम्म ब्याप्त रह्यो भने माहामारीको अवस्थामा चाहिने अत्यावश्यक सामाग्रीहरुको सहयोग चीनले मात्र गर्न सक्ने रहेछ भन्ने कुरा स्थापित हुनेछ । तर अमेरिकाले नसक्ने रहेछ भन्ने सूचना प्रसार हुने कुरामा दुईमत छैन । यो बुझाई जनताको मन मस्तिष्कबाट एकै रातमा हटला जस्तो लाग्दैन ।
अमेरिका दोस्रो विश्व युद्धबाट महाशक्ति अर्थात सुपरपावर भएपछि अधोगतितर्फ लाग्दैछ भनेर भविष्यवाणी गर्ने कुरा त्यती महत्वपूर्ण नहोला । यद्यपी ज्यादै नै भनिने गरिएको अमेरिकी साम्राज्यवादको पतन चै अहिले रोकिदैछ । अरु देशहरुको पतन चै झन छिटो छिटो भैरहेको देखिइरहेको छ, खासगरी सोभियत संघको ।
केही “अमेरिकी अधोगतिबादी” आलोचकहरु ब्याख्या गर्दछन् कि अब पहिले जसरी अमेरिकाले संसारको अर्थब्यवस्थालाई आफ्नो नियन्त्रणमा राख्न सक्दैन । किन कि अमेरिकासँग अहिले ८ सय वटा सैनिक बेसहरु छन् र उसको सैन्य खर्च मात्र झण्डै ७४८ विलियन डलर छ । त्यतिहुँदा हुँदै पनि सोमालिया, अफगानिस्तान र इराकको युद्धमा अमेरिकाले आफ्नो खर्च अनुरुपको अपेक्षित मिसन पूरा गर्न मात्र होइन कि सैन्य दक्षता पनि प्रदर्शन गर्न सकेको थिएन ।
राष्ट्रपति ट्रम्पले पूर्ववत राष्ट्रपतिहरुले जस्तो कुनै युद्ध घोषणा गर्न सकेका छैनन् । उनले गर्ने युद्ध भनेको उनको रिसाहा भाषण मात्र हो । ट्रम्पले पेन्टागनको शक्ति प्रयोग गर्ने भन्दा पनि अमेरिकाको राज्यकोषको शक्ति प्रयोग गरिरहेका छन् । इरानलगायतका केही देशहरुलाई आर्थिक नाकावन्दीको धम्की दिएर आर्थिक युद्धको आभाष दिलाई रहेका छन् । राष्ट्रपति ट्रम्प के देखाउन चाहन्छन भने अमेरिका विश्वको वित्तीय प्रणालीलाई नियन्त्रण गर्न सक्दछ । तर अमेरिकाको आर्थिक उत्थान र पतनका बुनियादी कुराहरुको बहस भन्दा पनि कोरोना नियन्त्रण प्रयासमा अमेरिकाको शक्ति क्षीण भैरहेको प्रमाणित भएको छ । महामारीको संकटलाई अन्त्य गर्न न अमेरिकाको वन्दुकले सक्यो न पैसाले । यही नै हो अमेरिकी शक्ति क्षीणता ।
यसो हेरौँ त ! अहिलेको अमेरिका पहिलेको जस्तो अनुकरण गर्न योग्य देश छैन । यदी कुनै देशको लिडरले अहिलेको अमेरिका जस्तो गर्न चाहन्छ भने त्यो पक्कै पनि खास बासिन्दाहरुको पक्षमा लाग्ने, सच्चाई भन्दा भावनात्मक कुराहरुलाई मुद्दा बनाउने र तानाशाही प्रवृत्तिको छ भनेर बुझे हुन्छ । किनभने अहिले राष्ट्रपति ट्रम्प हिन्दु राष्ट्रवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गर्दैछन्, युवा क्रुर तानाशाह किम जोङ्ग ऊन र साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानसँग विशेष खालको सम्बन्ध बिस्तार गर्दैछन् ।
प्रजातान्त्रिक हुन या तानाशाही नेता हुन, आफ्नो छवीलाई राम्रो बनाउन सक्ने ठूलो अवसर महामारीमा प्राप्त हुन्छ । किनभने यस्तै भयावह घडिमा उनीहरुले मानिसका लागि काम गरेर देखाउन सक्छन् । फलस्वरुप जनताले पनि आफ्ना शासकका सबै कुरा बिर्सिएर विपद्बाट प्राण दिने नेता भनेर स्वीकार गर्छन् । तर राष्ट्रपति ट्रम्पलगायत विश्वका उनी जस्तै केही ढोँगी नेताहरु यस्तो अत्यासपूर्ण घडीमा सायदै केही गर्न सक्लान । किनभने यस्ता नेताहरुले आफू शक्तिमा पुग्न जनताबीचमा जातीय मुद्दा, वर्गीय घृणा जगाएका हुन्छन् । यस्तै गरेर नै यी नेताहरुले आफ्नो प्रतिपक्षलाई बलीको बोका समेत बनाएका हुन्छन् । यस्तो बाहेक यीनीहरुसँग अरु कुनै खुवी हुँदैन । जस्तो कि अहिलेको महामारीमा आवश्यक छ । एउटा उदाहरण ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोको छ ।
जैरले आफ्ना प्रतिद्वन्द्वी र मिडियालाई भनेका छन्, ‘तपाईँहरु ब्राजिलियन जनताहरुलाई कोरोना भाइरस सम्बन्धमा छल गराई रहनुभएको छ ।’ खासगरी बोल्सोनारोले आफूले रियो द जेनेरियोका तीन वटा प्रमुख गल्लीहरुमा लक डाउन गराउन चाहेका थिएनन् । यसको प्रमुख कारण थियो लागू औषधको ब्यापारमा पुग्नसक्ने धक्का !
ट्रम्पले जहिल्यै पनि अमेरिकी समाजलाई खण्डिकृत गर्ने कार्यलाई बढावा दिदै गएका छन् । खासगरी काल्पनिक समस्या उठाएर त्यसको सामान्य सामाधानको उपाय निकाल्ने योजनाले अमेरिकी समाज खण्डिकृत हुने अवस्था छ । उनको यस्तो योजनामा मध्य अमेरिकीहरुको बसाइ–सराइ रोक्न बनाइने पर्खाल नै प्रमुख हो । यो हावादारी र काल्पनिक छ तर त्यसैमा रमाउँछन् ट्रम्प ।
अहिलेको बास्तविक विपद्मा ट्रम्पले के गर्न सकेका छन् त ? कोरोनाको कहरमा राष्ट्रपति ट्रम्प “अब कोरोना छोटो अवधिमा सकिने र न्यूनीकरण हुने भनेर” अध्यारोमा गोली हानी रहेका छन । मत सर्वेक्षणले भन्छ, अहिले ट्रम्पमा जनविश्वास बढेको छ । यसको कारण अमेरिकी जनताहरु कोरोनाको कहर अब सकिन्छ वा न्युन हुन्छ भन्ने कुरा राष्ट्रपति ट्रम्पबाट सुनिरहेका छन् । तर यसको वैज्ञानिक आधार भने छैन ।
अहिलेसम्म कोरोनाको कहर न्युयोर्क, बोस्टन र केही अन्य शहरहरुमा दु्रत छ । यी ठाउँहरु राष्ट्रपति ट्रम्पको कमजोर राजनीतिक आधार भएको ठाउँहरु हुन् । यदी यो कहर टेक्सस र फ्लोरिडा तिर पनि सल्कियो भने ट्रम्पको खास क्षेत्रबाट पनि उनीप्रतिको विश्वास वास्पिकरण भएर हराउन सक्ला ।
किन अमेरिका कमजोर बन्दैछ ? भन्ने कुराको कारण चाहिँ राष्ट्रपति ट्रम्पले आफू शक्तिमा रहुन्जेल अमेरिकी समाजलाई विभाजन तिर लैजाँदै छन् भनेर खोज्दा राम्रो तथ्य भेट्टाउन सकिएला । अहिलेसम्म त ट्रम्प संगीन समस्यालाई निम्त्याउन बञ्चित भैरहेका छन् तर विडम्बना उनले कोरोना भाइरसको सन्दर्भमा जुन खालको खराब ब्यवस्थापकीय गतिविधि गरिरहेका छन्, त्यसले चै उनी यस्तै काम गर्न मात्र निपूर्ण छन भन्ने कुरामा दुईमत छैन । उनी इतिहास मै खण्डित भइसकेको राज्य अमेरिकालाई पुनः ध्रुविकरण गर्न उद्यत रहेकाले नै अब अमेरिका महाशक्तिबाट पतन हुँदै जानुको कारण हो ।
(प्याट्रिक ककवर्न, द इन्डिपेन्डेन्टमा प्रकाशित लेख,अनुवादक : सागरकुमार ढकाल)
प्रतिक्रिया दिनुहोस्