जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार ११:११

अर्थमन्त्री खतिवडाको दोस्रो बजेट ‘उद्योग मैत्रि’


उज्वल जंग शाह

सामान्यतया सरकारका कार्यक्रम र योजनाहरु छोटो समयका लागिबनेका सरकारले आफ्नो लोकप्रीयता बढाउने र आगामि दिनकालागि भोट बटुल्ने खालका हुन्छन् । तर जनताले विश्वास गरेर दुई तिहाईका साथ बनेको सरकार लाई दिगो योजनाको खाचो पर्दछ । त्यसै कारणपनि यो सरकारले प्रचार मुखि भन्दा विकास मुखि योजनाहरु अर्थमन्त्री डा. युवराज खतिवडाले सार्दै आउनु भएको छ । प्रचार मुखि संकारमा हुर्केका हामिलाई दिगो योजनाहरु बुझ्न नसकेर पनि चर्को आलोचना खेप्न बाध्यहुनुहुन्छ अर्थ मन्त्री खतिवडा ।

यसैकारण करमा एग्रेसिभ देखिनुभएका अर्थमन्त्री खतिवडा यो वर्ष नरम नीति लिनुभएको छ । करकै कारण आलोचित बनेका अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा सबैलाई समान्तर नीति लिनुभएको छ । उहाँको नीतिगत कामहरुको मूल्याकंन गर्दा स्वदेशि उद्योगहरुलाई आत्मानिर्भर बनाउदै लाने र यसले केहि समय अफ्टेरो परिस्थीति देखिएपनि देशमा ब्यापक रोजगारी सृजना भई देशले भोग्दै आएको ब्यापार घाटामा कमि आउने देखिन्छ ।

यसैका निम्ती अर्थमन्त्री खतिवडाले नेगेटिभलिस्टमा रहेका चुरोट र मदिरामा करको दर बढाउनुभएको छ भने स्वदेशी उद्योग संरक्षणका लागि पैठारी गर्ने औद्योगिक कच्चा पदार्थहरुको भन्सार दर तयारी माल वस्तुको भन्दा एकतह कमगर्ने घोषणा गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले नेपाल आत्मनिर्भर रहेको कुखुराको मासुमा लाग्ने भन्सार दर तीनगुणा बढाइदिनु भएको छ । यसअघि १० प्रतिशत भन्सार लाग्दै आएकोमा त्यसलाई बढाएर ३० प्रतिशत पुर्याइएको छ । अर्थ मन्त्रालयका अनुसार दूध र दुग्धजन्य उत्पादन, चिनी, चकलेट र बिस्कुट आयातमा लाग्दै आएको भन्सार तथा अन्तशुल्क बढेको छ । यसले स्वदेशि उद्योगहरु लाई राहत मिल्नेछ ।

यसैगरी स्वास्थ्यमा प्रतिकुल असर गर्ने चुरोट, वाइन, बियरमा भन्सार र अन्तशुल्क बढाइएको छ । सरकारले प्रत्येक वर्ष बढाउने गरेको सवारी साधनको अन्तशुल्क यस वर्ष यथावत राखेको छ । राजस्वका दर यथावत रहेसँगै सवारी साधनको मूल्य स्थीर हुने देखिएको छ ।

कृषिमा आधारित सहकारी उद्योगले पैठारी गर्ने ढुवानी साधनमा ५० प्रतिशत छुट दिने व्यवस्थागरिएको छ। यसैगरी कपडाउद्योगहरुले आफ्नो प्रयोजनको लागि आयात गर्ने मिल मेशिनरी र पार्टपूर्जा एवं केमिकलहरूमा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षबाट मूल्य अभिवृद्धि कर फिर्ताको सुविधा हटाएपछि कपडाउद्योगीले यसमा सहुलियतको मागगर्दै आएका थिए ।

अर्थमन्त्री खतिवडाले कपडा, धागो, चिया, आधारभूत औषधि‚महिलाहरुले प्रयोग गर्ने स्यानटरी प्याड‚फिड सप्लिमेण्ट लगायतका उद्योगले पैठारी गर्ने औद्योगिक मेशिनरी तथा यन्त्रउपकरणमा लाग्ने भन्सार महसुल दर घटाईएको छ । जलयातायातका साधनहरुको पैठारी महसुल १५ प्रतिशतबाट घटाएर ५ प्रतिशतकायम गरिएको छ।

मूल्यअभिवृद्धि करमा ६ महिना सम्म मिलान नभएको कर फिर्ता पाउने व्यवस्थालाई घटाई चार महिनामा ल्याइएको छ । यसैगरी नविनतम् सोच‚ सीप‚उद्यमशीलता र प्रविधिको उपयोग गरी स्टार्ट अप व्यवसाय गरेका तर करको दायरामा नआएकाव् यक्तिहरुले २०७६ पुस मसान्त भित्रमूल्य अभिवृद्धि कर र आयकरको दायरामा आएमा चालु आर्थिक वर्ष भन्दा अघिका कर‚ जरिवाना‚ थपदस्तुर‚ शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था मिलाइएको खतिवडाले घोषणा गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले न्यूनआय भएका व्यक्तिलाई राहत हुने गरी व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेकाछन्। यसअघि अविवाहित व्यक्तिले ३ लाख ५० हजार रुपैयाँ वार्षिक आम्दानी सम्ममा कर तिर्नु नपर्ने व्यवस्था रहेकोमा यसलाई बढाएर ४ लाख र दम्पत्तीकालागि साबिक कर छुटको न्यूनतम सीमा ४ लाखबाट बढाएर ४ लाख ५० हजार रुपैयाँ पुर्याइएको छ।

शेयर कारोबारको पुँजीगतलाभ करको गणना भारित औसत लागत विधिबाट गर्ने व्यवस्था गरिएको छ। हालप्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ५ प्रतिशतमा घटाइएको छ। अर्थमन्त्रीले व्यवसायिक घर जग्गाको कारोबारमा अग्रिम करको रुपमालाग्दै आएको पुँजीगतलाभकरको दर घटाउनु भएको छ ।

बैंक तथा वित्तीय संस्था र बीमाको मर्जरमा कर छुट तथा सुविधाको प्रयोजनकालागि आयकर ऐन‚ २०५८ मातोकिएको अवधि एक वर्षका लागिथप गरिएको छ। दुर्घटना तथा स्वास्थ्य बीमामा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्थागरिएको छ ।