जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार ११:२६

किशोरकुमार प्रधानको नेतृत्वमा महासंघका ५७ व्यवसायीको यूरोप भ्रमण किन ?


काठमाण्डौं, जेठ २१

नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको प्रतिनिधिमण्डल सोमबार स्वीजरल्याण्डतर्फ प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलले स्वीजरल्याण्ड सहित फ्रान्स, जर्मनी, बेल्जियम, इटाली र नेदरल्याण्डको भ्रमण गर्ने महासंघले जनाएको छ ।

यो भम्रणलाई कतिपयले अब आगमि महासंघको चुनाबको  रणनीतिकाे रुपमा पनि लिएका छन् ।

भ्रमणका क्रममा बेल्जियम र फ्रान्समा व्यवसायिक भेटवार्ताको आयोजना समेत हुनेछ । सो क्रममा प्रतिनिधिमण्डलले आर्थिक÷व्यवसायिक सम्बन्ध विस्तारका साथै नेपालले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० को प्रवद्र्धन समेत गर्ने जनाईएको छ ।

राजनीतिक स्थिरता, स्थिर सरकार र हालै सम्पन्न लगानी सम्मेलन समेतलाई भ्रमणका दौरानमा हुने व्यवसायिक भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलले यूरोपियन लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नेछ । साथै प्रतिनिधिमण्डलले सो अवसरमा हुने व्यवसायिक भेटवार्तामा नेपालमा रहेको लगानीको वातावरण, नीतिगत सुधार आदिका विषयमा समेत प्रष्ट पार्ने छ ।

भ्रमणका दौरानमा महासंघको प्रतिनिधिमण्डल अन्तराष्ट्रिय श्रम संगठनको जेनेभामा हुने बैठक तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा हुने बैठकहरूमा समेत सहभागी हुने कार्यक्रम
छ ।
यूरोप र नेपालका व्यवसायीहरू बीच अनुभव आदान–प्रदान हुने यस किसिमको व्यवसायिक भ्रमण महत्वपूर्ण हुने प्रतिनिधिमण्डलका नेता एवं महासंघका उपाध्यक्ष प्रधानले बताउनु भयो ।

महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका प्रदेश नं. १ का अध्यक्ष्ँ नरेन्द्र कुमार खड्का, कार्यकारिणी समिति सदस्य मनिषलाल प्रधान, निवर्तमान कार्यकारिणी समिति सदस्य सुदर्शन कार्की, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष्ँ, पदाधिकारी एवं प्रतिनिधि उद्यमी व्यवसायीहरू हुनुहुन्छ ।