जनता टाइम्स

११ माघ २०७७, आईतवार ०८:२७

प्रचण्ड-माधव समुहमा झगडा सुरु, मंचमै देखियो यस्तो तमासा


काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पाटी विभाजन भएको एक महिना अबधि राम्रोसँग पुरा हुन नपाउदै ठुलो शक्ति भनिएको प्रचण्ड माधव समुहमा विभिन्न बिषयमा विवाद सुरु भएको छ ।

अर्को समुहका अध्यक्ष तथा प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनको बिरुद्धमा देशव्यापी आन्दोलन मार्फत बिरोध गर्दै आएको प्रचण्ड माधव समुहको विवाद अतिथि र वक्ता छनौट बाट सुरु भएको छ ।अतिथि र वक्तामा माधव नेपालले बढि मागेपछि प्रचण्ड पक्षका दोस्रो तहका नेताहरूले आपत्ति जनाउन थालेका छन ।शुक्रबार काठमाडौंमा आयोजित बिरोध सभामा एउटा यस्तै प्राविधिक विषयले झन उनीहरूको विवाद नराम्रो तरिकाले छताछुल्ल भयो ।

केन्द्रीय संघर्ष समितिका संयोजक श्रेष्ठ र सहसंयोजक योगेश भट्टराईले मजदुर संगठनको जुलुस नेतृत्व गरिरहेका थिए । जुलुस अघि बढेर भृकुटीमण्डपस्थित सभाहल छिचोलेर भद्रकाली(सहिदगेट हुँदै रत्‍नपार्क पुगेर आउनु पर्ने थियो । पुर्वनिर्धारित योजना श्रेष्ठ र भट्टराई दुवैले नेतृत्व गरेको जुलुस अघि बढे पनि प्रचण्ड(नेपाल समूहको जुलुस भने सभास्थलबाट अघि बढेन । उनीहरु जुलुस छाडेर मञ्‍चमा चढे । तर नारायणकाजी जुलुस लिएर भद्रकाली पुगिसकेका थिए ।

शीर्ष नेता भृकुटीमण्डपस्थित ‘टि’ आकारमा निर्माण गरेको सभास्थलमा चढेपछि श्रेष्ठलाई फिर्ता बोलाईयो । जुनबेला श्रेष्ठलाई संघर्ष समितिका संयोजकको हैसियतले सभापतित्व आसनग्रहण गर्नु पर्ने थियो । त्यो बेला श्रेष्ठ उपस्थित हुन सकेनन् । न त कार्यक्रम सञ्‍चालक भट्टराई नै मञ्‍चमा थिए ।पुर्वनिर्धारित रूटअनुसार जुलुस प्रदर्शन नगरेको भन्दै शीर्ष नेतासँग श्रेष्ठ रिसाए । जुन दृष्य मञ्‍चमा स्पष्ट देखिन्थ्यो । उनलाई सुरूमा प्रचण्डले सम्झाउने प्रयास गरे । तर आफूलाई अपमानित गरेको महसुस गरिरहेका श्रेष्ठ कन्भिन्स् हुन सकेनन् । माधव नेपालले पनि प्रयास गरे । तर नेपालसँग ठाडो सवालजवाफ गरे ।

प्रचण्डसँग असहमति जनाएका श्रेष्ठले नेपालसँग आक्रोशपूर्ण सवालजवाफ गरेपछि मञ्‍च व्यवस्थापनको जिम्मा पाएका युवा संघका संयोजक रामप्रसाद सापकोटाले सम्झाउने प्रयास गरे । श्रेष्ठले उनलाई हुत्याउने कोसिस गरे । त्यसपछि पम्फा भुसाल अगाडि आइन् । सम्झाउने प्रयास गरिन् । तर श्रेष्ठ मानेनन् । त्यति मात्रै होइन, लिलामणी पोखरेलले पनि सम्झाउने प्रयास गरे । तर अपमानित महसुस गरेका श्रेष्ठ चित्त बुझेको देखिएन ।

भुसालले कार्यक्रम सञ्‍चालन गरिरहिन तर श्रेष्ठ उदास भएर मञ्‍चमा बसिरहे । कतिसम्म देखियो भने, सभापतित्व गरेका श्रेष्ठले समापन मन्तब्य दिनसमेत मानेनन् । अन्ततः कार्यक्रम सञ्‍चालक भुसालले कुरा मिलाएर सभापतिको निर्देशन भन्‍दै सभा समापनको घोषणा गरिन् ।

“पूर्वनिर्धारित कार्यक्रमको सेटअनुसार म जुलुस लिएर अगाडि बढिसकेको थिए । तर उहाँहरूले विचैमा सेट चेन्ज गरिदिनु भयो । श्रेष्ठको स्पष्टीकरण छ, (हिजो विधि र पद्दतिअनुसार चलेन भनेर केपी ओलीसँग लड्यौं । आज उहाँहरूले त्यही कार्य दोहोर्‍याएपछि विद्रोह गरेका हुँ ।यस्तै भद्रगोलले संगठनको धरासहि हुने हो उनी भन्छन्

कार्यक्रम संचालन गर्न नपाएको झोकमा योगेशले मञ्‍च छाडेर हिडे

स‌घंर्ष समितिले तयार कार्यक्रम सेट परिवर्तन भएपछि सहसंयोजक योगेश भट्टराई कार्यक्रम नसकिदै बाहिरिएका थिए । माधवकुमार नेपालले बोलिसकेपछि भट्टराई कार्यक्रमस्थलबाट बाहिरिएका थिए । उनले प्रचण्डको भाषण मञ्‍चमा बसेर सुनेनन् ।पुर्व निर्धारित कार्यक्रम अनुसार योगेशले कार्यक्रम संचालन गर्ने सेट गरिएको थियोे ।तर त्यसो नभएर पम्फा भुसालले कार्यक्रम संचालन गरिन आफ्नो खासै भुमिका नभएपछि उनी असन्तुष्ट बन्दै नेपाल बोलिसकेपछि भट्टराई मञ्‍च छाडेर आरआर कलेजतिर जाने प्रयास गरे । तर आरआर कलेजतर्फ जान सम्भवः नभएपछि भट्टराईलाई स्वयंसेवकहरुले विद्युत प्राधिकरणतर्फबाट निस्कन सहज बनाउनु परेको दृश्य आमसभाका सहभागीले देखेका थिए । नेताहरूको गतिविधिले अपमानित भएको अनुभूति गरेपछि भट्टराई मञ्‍चबाट बाहिरिएको उनी निकट एक नेताले बताए । यसले पनि त्यो समुहमा सुरु भएको विवाद छरपस्ट भयो ।

को बोल्ने भन्ने बिषयमा तछाडमछाड

आमसभामा को-को वक्ता हुने भन्‍ने विषयमा प्रचण्ड नेतृत्वको नेकपामा विबाद सुरूदेखि नै देखा परेको थियो । भीम रावलले नेकपा एमालेको तत्कालिन उपाध्यक्ष भएकाले वरिष्ठताको आधारमा आफुले बोल्न पाउनु पर्ने सर्त राखेका थिए । तर उनको नाम समावेश गराउन नसकेपछि रावल आक्रोशित भएका थिए । आफ्नो सट्टा घनश्याम भुसाललाई वक्ताको रुपमा छनौट गरेपछि रावल कार्यक्रममा नै आएनन् ।त्यसो त विशाल प्रदर्शन भनिएको उक्त विरोध सभामा अधिकांश प्रचण्ड माधव समुहका नेताहरू कार्यक्रममा सहभागी थिएनन्,यसले पनि कार्यक्रम खल्लो र अनेक संकाहरु उत्पन्न गर्ने सुविधा प्रदान गरेको थियो ।

त्यहि सहभागी मध्ये पनि पूर्व-माओवादी समूहबाट वक्ताको रूपमा एकजना मात्र प्रचण्ड हुने तर पूर्व-एमालेबाट तीन जना हुने र कार्यक्रम सञ्‍चालन पनि पूर्वएमाले कै नेताले गर्ने भनेपछि विबाद परेको थियो । यो विषयमा वर्षमान पुन र जनार्दन शर्मालगायतले नेताले आपत्ति जनाएका थिए । पूर्वएमालेबाट तीन जना वक्ता हुने तर पूर्वमाओवादीबाट एकजना मात्रै वक्ता हुने भएपछि यो पार्टीमा माओवादीको के महत्व भयो र रु के पार्टी फेरी पूर्व एमालेको कब्जामा गएको हो रु भन्दै पुन र शर्माले प्रचण्डसँग गुनासो गरेका थिए ।

तर, केन्द्रीय संघर्ष समितिले प्रचण्डलाई मात्रै वक्ता राख्‍ने निर्णय भएको जवाफ दिएपछि पुन र शर्मा काठमाडौं नै फर्केनन । स्रोतले भन्यो प्रचण्डले पूर्वएमालेलाई महत्व दिएपछि पुन र शर्मासहित अधिकांश पूर्वमाओवादी नेताहरू असन्तुष्ट हुँदै आएका छन् । यसले अझ ठुलो रुप लिन सक्ने आकलन गरिएको छ ।समयमै यस्ता कुराहरू व्यवस्थापन भएनन् भने प्रचण्ड माधव समुहमा पनि ढिलो चाडो विभाजनको अवस्था आउन सक्छ ।