जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १७:०८

धरहरा पुनःनिमार्ण धिमा गतिमाः पुराना भौतिक संरचना संगै स्थानिय अवरोध


बसन्त अर्याल/ काठमाडौं

नेपालीहरु विकास पनि चाहान्छन् तर आफ्नो बानी छाड्न मान्दैनन् भन्ने भनाई सुन्धाराका स्थानियले देखाएका छन् । उनीले धरहरा छिटो निमार्ण होस् भन्ने पनि चाहान्छन् तर स–साना कुरामा पनि निमार्णको कार्य रोक्न समुह नै बोकेर आउँछन् ।

केहि दिन अघि कामनपा वडा नं २२ का अध्यक्ष चिनकाजी श्रेष्ठ सहितको समुह काम रोक्न भन्दै ४०–५० जनाको समुह बोकेर आउनुभयो । उहाँले स्थानियहरुले प्रयोग गर्दै आएको हुलाकी बाटो बन्द भएको भन्दै त्यसलाई खोल्न निमार्ण कम्पनीलाई दवाव दिदै आउनु भएको छ ।

तर निमार्ण कम्पनी रमन कन्ट्रक्सनका कार्यकारी निर्देशक रमन महतोले सुन्धरा र संकटाको बाटो हुँदा हुँदै देशको गौरबको आयोजना रोक्न स्थानिय लागिपरेको बताउनु भयो । उहाँले स्थानियले प्रयोग गर्दै आएको बाटो खुल्न केहि समय लाग्ने भएकाले काममा अवरोध गर्न नहुने बताउनु भयो । ‘ उहाँहरु संग पहिले नै सहमति भएको कुरा हो बाटो खुल्छ तर केहि समय लाग्छ त्यसको लागि स्थानियको लागि टेलिकमको साइड र काठमाण्डौं मलको साइडमा संकटाको बाटो छ ।’ उहाँले भन्नुभयो ।

‘धरहरा त्यहाँका स्थानियको मात्र होइन देशकै धरोहर हो । स्थानियसंग विकल्प हुँदापनि निमार्णको काममा अवरोध गर्नु निमार्ण अवधि लम्बाउनु मात्र हो’, उहाँले भन्नुभयो ‘ स्थानिय क्लबले चन्दा मागेर धम्काउने पनि गरेका छन् ।’

आफ्नो मागमा आलटाल गरेको भन्दै वडा अध्यक्ष चिनकाजी श्रेष्ठले भने आफ्नो माग पुरा नभए काम अगाडि बढ्न नदिने बताउँदै आउनु भएको छ ।

धरहराको पुनःनिमार्ण दुई वर्ष भित्र सक्ने गरि ठेक्का लिनुभएका रमन महतोले सरकार र स्थानियको कारण ३ वर्ष लाग्न सक्ने बताउनु भएको छ । अहिले करिब २० प्रतिशत मात्र काम भएको भन्दै सरकारले हुलाक कार्यलय र काठमाण्डौं मलको ‘बी’ ब्लक भत्काउने विषयमा नटुङ्गाउँदा आफुहरुले काम गर्ने ठाउँनै नभएको बताउनु भएको छ ।

‘काम भैरहेको ठाउँबाटै स्थानिय हिडडुल गर्छन् , न कुनै सामग्रीको सुरक्षा हुन्छ ठुला मेशिन ल्याएर काम गरौ भने स्थानियको आवत जावत गर्दा चोटपटक लाग्ने डर छ कसरी समयमै काम सक्ने ?’ उहाँले ‘ स्थानियले त आफ्नो ठाउँमा देशकै धरोहरको रुपमा रहेको निमार्णलाई सहजिकरण गर्नुपर्ने हो । छिटो सकियो भने त स्थानियलाई फाइदै हुन्छ ।’ भन्नुभयो ।