यो तीन बर्षमा करिब ७०० मेगावाट बिध्युत रास्ट्रीय ग्रीड सिस्टममा जोडिएको छ र आगामी ४ बर्षमा ३००० हजार मेगावाट विद्युत निकाल्ने गरि योजनाहरु धमाधम सन्चालनमा छन
टेकराज पौडेल
केपी ओलीले के गरे के गरेनन ? आजको अन्कमा ओलीले गरेका केही महत्वपूर्ण कामहरु ।
टेकराज पौडेल
१. हाम्रो काठमाडौ उपत्यका जत्रै सन्सारमा ४५ वटा देश छन ओलीले हाम्रो देशमा एउटा सिङ्गै देश जत्तिको भुभाग ( कालापानी ,लिपुलेक र लिम्पियाधुरा-करिब ३८४ बर्ग किमि क्षेत्र) जोडेर सरकार छोडेका छन ।
२. बिगतमा ३ पटक सम्म भारतिय नाकाबन्दिमा परेको नेपाल अब कहिल्लै नाका बन्दी हुन नसक्ने गरि बैकल्पिक बाटोको निर्माण गरेर छोडेका छन । उत्तर तर्फ ५ नाका खुलेका छन ।
३. बिकासका लागि मध्ययुगिन अवस्थामा रहेको नेपालमा करिब ३८८ वटा तुइन बिस्थापित गरि कतिपय ठाउमा पक्की र झोलुङ्गे पुल बनाएर देशलाइ आधुनिक युगमा प्रबेश गराएका छन ।
४. स्थलमार्ग हवाइ मार्ग र जल मार्गमा उल्लेखनीय प्रगती गरेका छन जस्तो : महेन्द्र राजमार्ग ( ना.घाट बुटवल ६ लेनको काम युद्धस्तरमा भैरहेको छ । हुलाकी राजमार्ग ६०० किमि पक्की बनेको छ । मदन भन्डारी मार्ग ४५० किमि ट्र्याक खोली ९० किमि पक्की भएको छ , पुस्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग) ३५० किमि पिच भएको छ ।
यो तीन बर्षमा दैनिक ६ किमि पक्की पिच सडक बनेको छ ।हवाइ मार्ग अन्तर्गत भैरहवा अन्तरास्ट्रिय बिमान्स्थल ३ बर्षमा सम्पुर्ण रुपमा तयार भएको छ ।पोखरा बिमानस्थल अन्तिम ८५ % काम सम्पन्न भएको छ ।
यो बिचमा १४५ किमि रेललिक निर्माण भै दुईवटा रेल समेत किनिएको छ ।
चाइनादेखि काठमाडौ सम्मको विद्युतीय रेलमार्गको प्रारम्भिक डिपिआर निर्माण सम्पन्न भएको छ भने रक्सौल देखि काठमाडौ सम्मको डिपिआर निर्माणको क्रममा छ ।पुर्व पश्चिम राजमार्गको मेची देखि कपिलवस्तु सम्म (चितवनको आरक्षण क्षेत्र बाहेक )को डिपिआर सम्पन्न भएको छ ।
त्रिभुवन अन्तरास्ट्रिय बिमान्स्थल सुधार भै दैनिक २३ घन्टा नियमित उडान भर्न सक्ने गरि सन्चालनमा छ । देशका १० स्थानमा डोमेस्टिक हवाइ मैदान नियमित सन्चालनमा छन ।
नेपाल देखि ६४० किमि टाढा कलकत्ता बन्दरगाहमा रहेको नेपाली पोर्ट गत बर्ष देखि काकडभित्ताबाट ६४ किमि नजिकको कालुघाटमा स्थापना गराएका छन र युद्धस्तरमा बदरगाह निर्माण भैरहेको छ ।
५. नवलपरासी र तनहुमा फलाम खानी अनुसन्धान गरि आगामी बर्ष देखि उत्पादन शुरु हुने स्थितिमा पुर्याइदै छ ।
६. दैलेखमा पेट्रोलको उत्खनन् युद्धस्तरमा झै काम भैरहेको छ । सम्बवत यो बर्ष भित्रै नतिजा आउने गरि काम हुँदै छ ।
७. मोतिहारी- अमलेखगञ्ज ७५ किमि पेट्रोलियम पाइप लाइन निर्माण भै भारतबाट ट्यान्कर मार्फत ढुवानी हुने स्थितिको अन्त्य भएको छ ।
८. नेपाल सुरुङ्ग मार्ग निर्माण युगमा शुरु भएको छ काठमाडौ प्रबेश मार्गको नौबिसे नजिकबाट उक्त ४.५ किमि मार्ग अबको ३० महिना भित्र सन्चालनमा आउदै छ । काठमाडौ तराइ जोड्ने फास्ट ट्र्याक ८२ किमि क्रमिक बिकासको चौधौं चरणमा प्रबेश गरेको छ । ७ चरणको सम्पन्न गर्ने मिति आगमी २३ महिनामा सम्पन्न हुने छ ।
९. गत तीन बर्षमा ७२ को भुकम्पबाट क्षति भएका करिब ७ लाख ब्यक्तिगत घर निर्माण भएका छन । सरकारको सम्रचना, स्कुल, प्रहरी चौकी, स्वास्थ्य चौकी लगायत करिब ९४ % निर्माण सम्पन्न भएका छन ।यहि शिलशिलामा २२ तले धरहरा निर्माण भएको छ । रानिपोखरी , भानु माध्यामिक बिध्यालय, बसन्तपुर दर्बार पुनर्निर्माण भएका छन ।
१०. यो तीन बर्षमा करिब ७०० मेगावाट बिध्युत राष्ट्रिय ग्रीड सिस्टममा जोडिएको छ र आगामी ४ बर्षमा ३००० हजार मेगावाट विद्युत निकाल्ने गरि योजनाहरु धमाधम सन्चालनमा छन ।
११. गोदाबरिमा ३००० हजार लुम्बिनीमा ५००० हजार र देशका प्रत्यक प्रदेशभित्रका विभिन्न ठाउमा थुप्रै ठाउमा सभा हल निर्माण भएका छन ।
१२. देशभित्र यो तीन बर्षमा करिब ४५० वटा ठुला र २७०० साना गरि उध्योगहरु स्थापना भएका छन । बुट्वल जनक्पुर कंचनपुरमा उध्योग ग्राम र कोरिडोरका काम सम्पन्न भैरहेका छन ।
आखाले नदेखिने तर तथ्यले प्रमाणित भएका कामहरु भएका छन :-
१. नेपाल अतिबिपन्न मुलुकबाट एक स्तर माथी उठेको छ ।
२. नेपालिको बार्षिक आय बिगत लामो समय देखि एक हजार डलर भन्दा कम रहेकोमा बिगत तीन बर्षको ओली सरकारको कामबाट करिब १३०००$ को हाराहारीमा पुगेको छ ।
३. मानवबिकास सुचान्क्कका हिसाबले अत्यन्तै चिन्ता ग्रस्त अवस्थामा रहेको नेपाल यो बर्ष मात्र ५.५ अन्कले सुधार भै माथि चढेको छ ।
४. विश्व खुशिहाल मुलुकमा नेपालको गणणा हुदा नेपाल दक्षिण एसियामा दोश्रो रहि विश्व स्तरमा तीन अन्क बढेको छ ।
५. ट्रान्स्परेन्सी इन्टर्नेसनलको सर्बेक्षण अनुसार नेपालमा।भर्स्त्रचार गर्ने मुलुकको सुचिबाट कम आएको छ ।तथापी व्हाइट बोडि, बालुवाटार लगायतका मुद्धामा जनताको मागलाई किनारा लगाउन नसक्नुमा जनताले।प्रधानमन्त्रीको आलोचना पनि गरेका छन ।
६. संघीयतालाई कार्यन्वयन गर्ने, कानुन बनाउने लगायत्का काम पनि यहि बिचमा भएका छन
७. सरकारले लोककल्याणकारी काममा पनि उतिकै ध्यान दिएको थियो । जसनुसार सामाजिक सुरक्षा कार्यक्रम महत्वपूर्ण कार्यक्रम भित्र पर्दछ । सुत्केरी महिलाको लागि भत्ता , जन्मे देखि पाँच बर्ष भित्रका बालबच्चाहरुलाई मासिक ४००/- भत्ता , स्कुल जाने हरुलाइ दिवा खाजा, १२ कक्षा सङ्ग निशुल्क पढाइ पाठ्यपुस्तक , बेरोजगार युबाहरुलाई १०० दिन बराबरको रोजगारी , बृद्धअबश्थाका लागि मासिक ४०००/- भत्ता , सोही उमेर समूह भित्रका लाई बार्षिक एक लाख बराबर औषधि उपचार , करिब ५५ जिल्लामा पुर्याएको स्वास्थ्य बिमा अन्तर्गत रु ३५०० मा एक लाख बराबर को खर्च ब्योहर्ने नीति ।
क्रमश :
प्रतिक्रिया दिनुहोस्