जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १२:३३

टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, १ जेठ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद् अख्तियारमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो । पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्य क्ष दिगम्बर झासमेत १६ जना र अन्य कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।