जनता टाइम्स

२२ श्रावण २०७८, शुक्रबार १७:०५

दार्चुला घटनामा सरकारले भारतसँग कुरा गर्न सकेन : काेमल वली


काठमाडौं, साउन २२ । राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक वीपी कोइरालाकै अपमान भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताउनुभयो । उहाँले वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै संवाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु वीपीकै अपमान

भएको टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले देश चलाउन नसक्ने र नागरिकलाई सुरक्षा पनि दिन नसक्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्य वलीले भन्नुभयो, ‘नेपाली नागरिकको अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मारिँदा एक शब्द नबोल्ने रु समिति बनाएर टार्ने रु यही हो वीपीका अनुयायीहरूको चरित्र ? यो वीपी कोइरालाको अपमान हो ।

वीपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्तामाथिको अपमान हो । वीपीले बनाएको पार्टी कांग्रेसलाई विश्वास गर्ने नेपाली नागरिकको अपमान हो । यो इतिहासको अपमान हो । स्वाभिमानको अपमान हो । र मानवतावादको अपमान हो । देश, मानवीय, नागरिकको विषयलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ? वीपीले त्यति बेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो ? वीपीको नाम रहन्थ्यो ? समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कति बेला कसको सरकार गिर्छ र पदमा बसौँला भन्नेबाट देश कहिल्यै चल्न सक्दैन । देशलाई पर्दा, नागरिकलाई पर्दा औँला ठड्याउन नसक्नेहरूले देशको रक्षा कहिल्यै गर्न सक्दैनन् । नागरिकको सुरक्षा पनि हुन सक्दैन ।’