जनता टाइम्स

१० असार २०७६, मंगलवार १७:४१

काठमाडौं महानगरको बजेट १५ अर्व ५० करोड, पूर्वाधार विकासमा प्राथमिकता


काठमाडौं, असार १०

काठमाडौं महानगरपालिकाले १५ अर्व ५० करोड ७० लाख १२ हजारको बजेट नगर सभाको पाँचौ अधिवेशनमा प्रस्तुत गरिएको छ ।

महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ द्वारा प्रस्तुत बजेट बक्तव्यमा चालु आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढि बजेट प्रस्तुत गर्नु भएको हो । चालु आर्थिक वर्षमा १३ अर्व १२ करोड ८२ लाख बजेट विनियोजन गरिएको थियो ।

महानगरपलिकाले आफ्नै स्रोतबाट ७ अर्व ५६ करोड ६ लाख प्रस्ताव गरिएको छ जुन कुल बजेटको ५२.५८ प्रतिशत हो । त्यस्तै बाह्य स्रोतबाट ४ अर्व १८ करोड ९० लाख, महानगरपालिकाको बैंकमा मौज्दातबाट २ अर्व ६२ करोड ९० लाख र महानगरपालिका अन्तर्गतका आयोजनाहरुबाट १ अर्व १२ करोड ८२ लाख आय हुने अनुमान गरिएको छ । त्यस्तै जग्गा एकीकरण आयोजनाको लागि १ अर्व १२ करोड ८२ लाख बजेट अनुमान गरिएको छ ।

बजेटको ५१ प्रतिशत पूर्वधार सुधार तथा विकास खर्च गर्ने प्रस्ताव गरेको महानगरपालिकाले कार्यलय सञ्चालनमा ४ प्रतिशत, तवल तथा सुविधामा ९.८१ प्रतिशत, पुँजिगत सम्पत्ति खर्चमा १०.८ प्रतिशत खर्चगर्ने अनुमान गरेको छ । त्यस्तै सशर्त अनुदानबाट पूँजिगत खर्च २३.५ प्रतिशत रहेको छ ।
महानगरपालिकाले उद्योग तथा वाणिज्य, कृषी, पर्यटन, वित्तिय क्षेत्र र सहकारीको लागि ६९ कारोड ७ लाख बजेट विनियोजन गरिएको छ । जुन कुलबजेटको ४ प्रतिशत हो ।

त्यस्तै खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृती प्रवद्र्धनको लागि ३ अर्व ७२ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको २४ प्रतिशत हो ।

सबैभन्दा धेरै उर्जा, भवन तथा सहरी विकास, बैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वधारका क्षेत्रहरुमा ५ अर्व ९८ करोड ३० लाख बजेट विनियोजन गरिएको छ जुन ३९ प्रतिशत रहेको छ ।
वातावरण तथा विपद व्यवस्थापनको लागि ३९ करोड १५ लाख बजेट बिजियोजन गरिएको छ जुन ४ प्रतिशत हो ।

संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन क्षेत्रको लागि ३ अर्व ५९ करोड १८ लाख बजेट विनियोजन गरिएको छ जुन २३ प्रतिशत रहेको छ । साथै जग्गा एकिकरण आयोजनाको लागि १ अर्व १२ करोड ८२ लाख विनियोजन गरिएको छ जुन कुल बजेटको ७ प्रतिशत रहेको छ ।