जनता टाइम्स

१५ असार २०७६, आईतवार १२:१९

सरकार छोडदा बेरोजगारमुक्त देश बनाउने प्रधानमन्त्री ओलीको अठोट


काठमाडौं असार १५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छोड्दा वेरोजगारमुक्त देश बनाउने उदघोष गर्नुभएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो ।

देशको विकास र रोजगारी सिर्जना गर्नका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने धारणा पनि प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । ‘निर्वाचनका बेला सत्तापक्ष र प्रतिपक्षका बीचमा प्रतिस्पर्धा हुन्छ तर चुनावपछि देशको समृद्धिमा सबै लाग्नु पर्छ, बिकाश र निर्माणमा सत्तापक्ष र प्रतिपक्ष हुन्न,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

नेपाल प्रशस्त्र प्राकृतिक स्रोत र साधन भएर पनि रोजगारी सिर्जना गर्न नसक्नु विडम्वना भएको उहाँको भनाई थियो ।सम्मेलनमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले आगामी एक बर्षभित्र कम्तीमा एक लाख भन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । श्रम सम्मेलन भोलिसम्म चल्नेछ ।