जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १७:१७

कांग्रेसलाई वर्ग शत्रु भने आफ्नो पार्टी नै खत्तम हुने माधव नेपालको खुलासा


काठमाडौं, १४ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै–झन्डै टुटेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुट्नबाट बचेको बताउनुभयो । अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भूँईमै पछारिने स्थिति रहेको बताउँदै उहाँले कसैले पनि घमण्ड गर्न नहुने बताउनुभयो ।  ‘कुनै एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भूइँमै पछारिन्छ । यो कुरा पनि हेक्का राख्नुपर्छ । कोही पनि घमण्डी नहुन्,’ उहाँले भन्नुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढ्न नसकिने बताउँदै कांग्रेसलाई शत्रु ठान्नु आफ्नै पार्टीलाई खत्तम पार्नु रहेको खुलासा गर्नुभएको हो ।