जनता टाइम्स

२८ असार २०७६, शनिबार १८:१४

क्यावात ! महेश बस्नेत–बासुदेव थापा : जनप्रतिनिधि हुन त यस्तो


भक्तपुर । बुधवारदेखि आएको अबिरल बर्षाले शुक्रवार हनुमन्ते खोला एकाएक उर्लियो । खोला भक्तपुरको मध्यपुर थीम र सूर्यबिनायक नगरपालिकाको जोडिएको चार दोवाटोबाट बस्तीमा पस्यो । अन्य स्थानमा पनि पानीको बितण्डा मच्चियो । आज बिहानै भक्तपुर २ का सांस्द तथा पूर्वमन्त्री महेश बस्नेत र सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले हनुमन्तेले डुवाएको क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ । सांस्द बस्नेत र मेयर थापाले पीडितहरुकै स्थानमा पुगेर असली जनप्रतिनिधिको पहिचान दिनुभएको छ ।