जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार १५:५३

प्रधानमन्त्री ओलीको मुस्कानले बयान गरेको स्वास्थ्य अवस्था (फोटोफिचर)


काठमाडौं, साउन २७ । सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिमानस्थलमै आफ्नो स्वास्थ्य अवस्थाबारे पत्रकारको जिज्ञासा सान्त पार्दै भन्नुभयो, ‘मलाई ठीक छ, हेर्नाेस अनुहार ।’ बिमानबाट ओर्लदै मन्द मुस्कानसहित आउनुभएका प्रधानमन्त्री ओलीले आफ्नो स्वागतमा बस्नुभएका नेताहरुलाई पनि यसैगरी जवाफ दिनुभयो । उहाँको जवाफ सुनेर स्वागतका लागि बिमानस्थल पुग्नुभएका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, संबिधानसभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपाका महासचिव बिष्णु पौडेलदेखि सवै मन्त्रीहरुले हाँसो थाम्न सकेनन ।

१२ बर्षअघि गृगौला प्रत्यारोपन गर्नुभएका प्रधानमन्त्री ओलीको सिंगापुर बसाई केही दिन लम्बिदा नेतादेखि कार्यकर्ता, सुभचिन्तक हुँदै आम नागरिकमा उहाँको स्वास्थ्यप्रति निकै चासो बढेको थियो । यो अनुभुति पाएरै होला, प्रधानमन्त्री ओलीले मुस्कानसहित जवाफ दिनुभयो, मलाई ठीक छ, अनुहार हेर्नाेस ।’ उहाँको यो निकै छोटो प्रतिक्रियाले स्वास्थ्य अवस्था सामान्य रहेको र पूर्ववत अवस्थामा रहेको प्रष्ट सन्देश दियो ।