जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १५:२६

रबि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


चितवन, साउन ३१ । चितवन जिल्ला अदालतले टेलिभिजन प्रस्तोता रवि लामिछाने समेत तीनै जना आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीलाई पाँच दिन म्याद दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेसहित तीनै जना अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेसहित न्यूज २४ का पत्रकार युवराज कँडेल र ओखलढुंगाकी रुकू भन्ने अस्मिता कार्कीलाई हिजो काठमाडौँबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतमा म्याद थपका लागि लगिएकोमा अदालतले सो अनुमति दिएको हो । पत्रकार पुडासैनीले आत्महत्या अघि भिडियो रेकर्ड गरी नाक किटान गरेपछि प्रहरीले लामिछानेसहितको टीमलाई पक्राउ गरेको थियो । अदालतको अनुमतिसँगै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।