जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार ११:२१

७० औँ स्थापना दिवसमा चीनको भव्य सैन्य परेड प्रर्दशन


काठमाडौं, असोज १४

जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा चीनमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएपछि सन् १९४९ अक्टोबर १ तारिखमा माओत्सेतुङले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए ।

त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास गरेको छ । तर यो विश्वका धेरै अवरोधहरू भएका मुलुकमध्ये एउटा हो । चीनको राजधानी बेइजिङमा हालसम्मकै विशाल सैन्य परेड भइरहेको छ । एउटा छोटो उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी जिन्पिङले भने, ूकुनै पनि शक्तिले चिनियाँ र राष्ट्र (चीन)लाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन । ट्याङक, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियान्आन्मेन स्क्वाएरमा भेला भएका छन् । बेइजिङको कार्यक्रममा राष्ट्रपति सीको उपस्थितिमा वायुसेनाको विमानहरू उडाइएको थियो । विश्वकै सबैभन्दा लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्र पनि प्रदर्शन गर्ने विवरण आएका छन् ।