जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १२:०२

डिल्ली बहादुर सिंह विद्युत नियमन आयोगको अध्यक्षमा नियुक्त


काठमाण्डौं, बैशाख २४

डिल्ली बहादुर सिंह विद्युत नियमन आयोगको अध्यक्षमा नियुक्त हुनु भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

डिल्ली बहादुर सिंह विद्युत विकास विभागका पूर्व महानिर्देशक हुनुहुन्छ । आयोगमा चार सदस्य पनि नियुक्त भएका छ्न् । आयोगका सदस्यहरुमा रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वर र भगिरथा भट्टराई नियुक्त भएका छन् । विद्युत नियमन आयोग ऐन पारित भएको डेढ बर्षपछि पदाधिकारी नियुक्त भएका हुन् ।

विद्युत नियमन आयोगले विद्युत महसुल निर्धारणदेखि प्रशारण र उपभोक्ताहरुको अधिकारको पाटो हेर्नेछ । आयोग निकै शक्तिशाली मानिन्छ ।