जनता टाइम्स

८ मंसिर २०७६, आईतवार ०९:०३

बानेश्वरमा पैदल यात्रीको मृत्यु, मृतकको सनाखत हुन सकेको छैन


 

काठमाडौं, मंसिर ८ । काठमाडौँको नयाँबानेश्वरमा सवारी साधनको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । संघीय संसद भवनको गेट अगाडि (सिभिल अस्पताल नजिक) भएको दुर्घटनामा अन्दाजी ५०–५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिनु्भयो ।
मृतकको सनाखत हुन सकेको छैन । बिहान अन्दाजी ६ बजेतिर भएको उक्त दुर्घटना कुन सवारी साधनले ठक्कर दिएर भएको हो भन्ने खुल्न नसकेको रेग्मीले बताउनुभयो ।