जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १९:१४

विहारको होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु


काठमाडौं, १३ बैशाख । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ । यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ ।