जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १७:५८

उपनिर्वाचन : थवाङबाट सबैभन्दा पहिलो नतिजा आउने


रोल्पा, मंसिर १४

आज भएको उपनिर्वाचनमा थवाङ गाँउपालिका –१ को मतपरिणाम सबैभन्दा छिटो आउने भएको छ । वडा अध्यक्ष चयनका लागि शनिबार भएको मतदान एकदमै न्यून मत खसेकाले परिणाम छिटो आउने भएका हो ।

यो वडामा कुल मतदाता १२८४ भएपनि केवल २०९ मत अर्थात १६.२८ प्रतिशत मात्र खसेको छ । ११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गर्न आएको मुख्य निर्वाचन अधिकृत ऋषिराम सुबेदीले जानकारी दिनुभयो । वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कमलबहादुर रोकामगरबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो । यो त्यही वडा हो, जहाँ वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए ।