जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार १२:१६

मालपोत भक्तपुरका नायब सुब्वासहित दुई जना अख्तियारको फन्दामा


काठमाडौं, मंसिर १८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बासहित दुई जनालाई घुसको रकमसहित नियन्त्रणमा लिएको छ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई चालिस हजार घुसको रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि मिश्रले गौतमलाई सो रकम दिनु भन्ने सूचनाको आधारमा अख्तियारबाट खटिई गएको टोलीले सेवाग्राहीबाट सो रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट दुवै जनालाई मंगलबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।