जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार ०६:३६

आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना


काठमाडौँ, १५ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारण बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही देशको बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ्र

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ।

त्यस्तै राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही देशको बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ।