जनता टाइम्स

३० कार्तिक २०८३, सोमबार १४:१७

भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं, कात्तिक ३०। भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा तीनै जना राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

राष्ट्रपति कार्यालयका अनुसार भारतका लागि नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कुमार कर्णले शपथ ग्रहण गर्नुभएको छ।

शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।