काठमाडौं, कात्तिक ३०। निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारी अघि बढाएको छ। निर्वाचनसम्बन्धी आवश्यक तयारी र समग्र अवस्थाबारे छलफल गर्न आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मंसिर ४ गते बैठकमा बोलाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठक बिहान ११ः३० बजे सुरु हुनेछ। बैठकमा समग्र निर्वाचनको तयारी, आवश्यक प्रक्रिया तथा आगामी कार्ययोजनाबारे छलफल हुनेछ।
हाल राष्ट्रिय मान्यता प्राप्त दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्।
प्रवक्ता भट्टराईले स्थानीय तहको निर्वाचन पनि नजिकिँदै गएकाले बैठकमा त्यस विषयले प्राथमिकता पाउने बताउनुभयाे ।आयोगले निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग परामर्शसमेत गरिरहेको छ। आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसैलाई मध्यनजर गर्दै संवैधानिक व्यवस्थाअनुसार निर्वाचन गराउने तयारीमा आयाेग लागेकाे छ ।














प्रतिक्रिया दिनुहोस्