जनकपुर, कात्तिक ३०। धनुषामा छटघाट कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।
गए राति छटघाट कुरेर बस्नुभएका शहीदनगर नगरपालिका वडा नम्बर २ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव छटघाटमा मृत भेटिनुभएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बस्नुभएको थियो । यादव बिहान मृत भेटिनुभएको र उहाँको शंकास्पद मृत्यु भएको हो ।
यादवको गालामा चोटको निशान र रगत देखिएको छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान अघि बढाएको छ ।














प्रतिक्रिया दिनुहोस्