दाङ, कात्तिक २८ । नेकपा एमालेबाट लगातार अवसर पाएका एक नेता नयाँ बन्न सत्तारुढ रास्वपामा प्रवेश गरेका छन ।
अवसरको चाङमा डुवुल्की मार्नुभएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का पूर्ववडाध्यक्ष चेत बहादुर क्षेत्रीले विकास र देश परिवर्तनको चाहनासहित नयाँ बनेर रास्वपा प्रवेश गर्नुभएको हो ।
क्षेत्रीले आफू रास्वपामा लागिसकेको बताउनु भयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित क्षेत्री ०७९ सालमा पनि एमालेबाट वडाअध्यक्षमा उम्मेदवार बनेपनि नेपाली काँग्रेसका उम्मेदवार पुरन प्रसाद श्रेष्ठसँग भने पराजित हुनुभएको थियो ।
आफूले वडाध्यक्ष हुँदा गरेका कामको मूल्यांकन गर्दै वडा नम्बर ५ का युवाहरूले रास्वपामा प्रवेश गर्न आग्रह गरेपछि पार्टीमा आबद्ध भएको क्षेत्रीको दावी छ ।
देश परिवर्तनको दिशामा अघि बढिसकेको अवस्थामा पुरानै राजनीतिक सोच र मान्यतामा सीमित रहन आवश्यक नरहेको क्षेत्रीको दावा छ । एमालेमा रहेर अवसर पाएका क्षेत्री नै यस्तो बताउन थाल्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्