जनता टाइम्स

३० कार्तिक २०८३, सोमबार १८:४१

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार बलात्कार मुद्दाका दोषी पक्राउ


काठमाडौं, कात्तिक ३० । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका एक दोषी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा रहेका छन् ।

वाइबालाई आइतबार प्रहरी प्रभाग कोटेश्वरको टोलीले काठमाडौंको जडीबुटीबाट पक्राउ गरेको हो । पक्राउपछि उहाँलाई पुनः सुन्धारा कारागार पठाइएको प्रहरीले जनाएको छ ।

बलात्कार मुद्दामा अदालतबाट ८ वर्ष कैद सजाय तोकिएका वाइबाले यसअघि ३ वर्ष कैद भुक्तान गरिसक्नुभएको थियो । उहाँको अझै ५ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको छ ।