जनता टाइम्स

३० कार्तिक २०८३, सोमबार १४:५१

एमालेले भाेली बोलायो स्थायी कमिटी बैठक, राष्ट्रिय भेलाको तयारीबारे छलफल हुने


काठमाडौं, कात्तिक ३० गते । नेकपा (एमाले) ले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भोलि दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

एमालेको राष्ट्रिय भेला आगामी मंसिर २ र ३ गते आयोजना हुँदैछ । उक्त भेलाको तयारी तथा आवश्यक निर्णयका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।

राष्ट्रिय भेलालगत्तै मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला आयोजना गर्ने र मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय भेला, जनप्रतिनिधिको भेला तथा केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि एमाले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने तयारीमा रहेको छ ।