जनता टाइम्स

२५ माघ २०७६, शनिबार ०९:३४

अमेरिकाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल


काठमाडौं, माघ २५

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले अमेरिकासँग प्रतिष्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर अहिले नेपाल ब्याटिङ गरिरहेको छ । पहिलो अंकको खोजिमा रहेको नेपालले शनिबार शीर्ष स्थानको अमेरिकासँग खेल्दा घरेलु टोली केही परिवर्तित देखिएको छ । चोटका कारण शरद भेष्वाकरको ठाँउमा सुवास खकुरेलले मौका पाएका छन् । त्यस्तै कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन्। उनलाई रोहितकुमारको पौडेलको स्थानमा ल्याइएको छ।

सन् २०२३ को विश्वकप छनोटको आधार रहेको प्रतियोगिताको पहिलो खेलमा ओमानसँग बुधबार १८ रनले पराजित भएपछि नेपाल रणनितिक हिसाबमा मात्र नभई बाध्यताका कारण पनि परिवर्तन गर्न लागेको हो ।